२१ मङ्सिर २०७९, बुधबार

दसैँको मुखमा चामल बिक्री बन्द

२०७९,आश्विन,१३,बिहीवार १०:२३

99
Shares

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्रीवितरण बन्द गरिएको हो ।

दसैँको लागि भन्दै सर्वसाधारण डीपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले अपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्वीन्टल चामल शाखामा राखिएको छ ।

कम्पनीले आइतवार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ ।

सोमवार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट–६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन । जिल्लाका अरू डीपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् । कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल बिक्री भइरहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१३,बिहीवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार