एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

लोकपथ
52
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।

निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ । बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधवार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?