माछापुच्छ्रे बैंकले ल्यायो ‘नेपाल पे क्यूआर’मा क्यास ब्याक अफर

लोकपथ
130
Shares

काठमाडौं । माछापुच्छे बैंकले (एनसीएचएल) सँगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

यो अफर यहि असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले (नेपाल पे क्यूआर) बाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

साथै, बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवम् जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता खोल्ने ( मुद्धती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु ग्राहकहरु माझ ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?