भुजुङ हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

लोकपथ
91
Shares

काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ ।

कम्पनीले प्रति सेयर एक सय रूपैयाँ अंकित दरको पाँच लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारीलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७ दशमलव ५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडियम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात ५.८५ करोडको साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?