नेपाल बैंकको सन्देशमुलक दसैँ भिडियो “मामाघर” सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले बडादसैँको अवसरमा सन्देशमुलक दसैँ भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दसैँमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।

करिब तीन मिनेटको उक्त भिडियोमा छोरीको बुद्धिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दसैँमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ ।

सानो छँदाको दिदीभाईको माया, स्नेह, बिवाह पश्चात विस्तारै कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदीभाई तथा दाजुबहिनीको माया सधै प्रगाढ रहिरहनुपर्ने सन्देशसमेत भिडियोले दिएको छ ।

त्यसैगरी, डिजिटल बैंकिङ्को प्रयोगलाई प्रवद्र्वन गर्ने मनसायसमेत भिडियोमा देखिएको छ । नेपाल बैंक लिमिटेडले आफ्नो आधिकारीक फेसबुक पेज र युटुवमार्फत सो भिडियो सार्वजकि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?