मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाखको आईपिओ निष्काशन गर्दै

लोकपथ
13
Shares

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरको सेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

निष्काशन गर्न लागेको रकम मध्ये पाँच करोड ४२ लाख ५८ हजार तीन सय रकम बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार सात सय रकम बराबरको सेयर सामूहिक लगानी कोषसहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४ दशमलव ७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैयाँ रहेको छ ।

सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूँजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?