कामना सेवाको डेबिट तथा क्रेडिट कार्डमा इ- कमर्श सुविधा समावेश

लोकपथ
39
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा इ-कर्मश सुविधा समावेश गरेको छ ।

बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो इ-कमर्श सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले मिति २०७९ साल असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधालिन आफ्नो नजिकैको शाखामा गई सजिलै इ कर्मश सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इ कर्मश सक्रिय कार्ड मार्फत सस्तो डिल मा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा दुई हजार रुपैंयाँसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?