राष्ट्र बैंकले पुन १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

लोकपथ
78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गते अर्थात भोलि बिहिबार पुन १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भोलि अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

असोज २३ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १९ गते र २०७९ चैत्र २१ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि गत साता पनि राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?