२१ मङ्सिर २०७९, बुधबार

जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग

२०७९,आश्विन,१२,बुधबार १९:४७

153
Shares

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् ।

कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालीमा नभई अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्तिबाट सञ्चालित रहेको आरोप लगाए । उनले पार्टी स्वेच्छाचारी रूपमा सञ्चालन गरिएको र खस आन्दोलनलाई धोकादिने काम भएकोले आफूले पार्टी परित्याग गरेको बताए ।

१० वर्ष अघि सो पार्टी जसपामा समाहित भएको थियो । जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफूले विगतमा उठाउँदै आएका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै राष्ट्रिय मुक्तिको अभियानमा जुट्ने उनले बताएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १९:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

ताजा समाचार