२१ मङ्सिर २०७९, बुधबार

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोेभेसनको घोषणा

२०७९,आश्विन,१२,बुधबार १९:४०

0
Shares

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आइसिटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ । अवार्ड अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार आइसिटी अवार्ड गरी तीन विधाका उत्कृष्ट १२ घोषणा गरिएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रोडक्ट विधामा ३६ आइसिटी प्रोडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरुको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए ।
प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनौट पश्चात उत्कृष्ट १२ को नाम छनोट गरेको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन् ।

उत्कृष्ट १२ प्रोडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन् ।

विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन् ।

उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार इन्नोभेसनले नोभेम्बर ५ मा प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन । सोहि अवसरमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि आयोजना हुनेछ । उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट ५ को छनौट गरिनेछ । उत्कृष्ट ५ ले पब्लिक भोटिङ र जुरीको फिल्ड भिजिटसमेत सामना गर्नुपर्ने हुन्छ ।

यसैगरी, अन्य ९ विधामा अवार्डको छनौट प्रकृया जारी छ । पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डको पहिलो चरणको छनौट प्रकृया सञ्चालनमा छ । यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्डको विधामा पनि छनौट प्रकृया सञ्चालन भइरहेको छ । यसैवर्ष सुरु भएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको अनलाइन नोमिनेशन जारी छ ।

विभिन्न १२ विधामा गत साउन १ गतेदेखि अनलाइन नोमिनेसन खुला गरिएकोे थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यसहित आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुँदैछ । ग्राण्ड फिनालेभन्दा अगाडि प्रि इभेन्ट क्याम्पियनको रूपमा कार्तिक तेस्रो साता देशैभरिका सय भन्दाबढी स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ ।

लिभिङ विथ आइसिटीले आयोजना गर्ने नेपालको प्रतिष्ठित यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायतको सहयोग रहेको छ । यस वर्षको अवार्ड कार्यक्रमलाई इन्फोडेभलपर्स, जेनिसिस, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किंस कलेज, हाम्रो पात्रोलगायतको सहयोग तथा सहकार्य रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १९:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला

कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

ताजा समाचार