मुसिकोटमा सुरु भयाे राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा

लोकपथ
26
Shares

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुमको मुसिकोट नगरपालिका-१ मा २६२औं शाखा कार्यालय शुभारम्भ गरेको छ ।

बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउंदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केसबराज खनालको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेश मन्त्री एवं सांसद माननीय गोपाल प्रसाद शर्मा, प्रदेश सांसद माननीय देवी ओली, आठबिसकोट नगरपालिकाका प्रमुख रबि के.सी.,मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र के.सीलगायतको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?