हेर्नुहोस् लोकपथ टप फिप्टिन हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
143
Shares

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरियो ।

२. आगामी निर्वाचनका लागि आजबाट आचारसंहिता लागू, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र स्थानीय जनप्रतिनिधिले कुनै दलबाट चुनाव प्रचार गर्न नपाउने, निर्वाचन आयोगको अनुमतिपछि मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने ।

३. संस्थापन पक्षले बन्दसूचीमा विभेद गरेको भन्दै असन्तुष्ट कांग्रेसको शेखर–गगन समूहले पार्टी कार्यालयमा थाल्यो धर्ना, बन्दसूची सच्याउन माग, माग पूरा नभए निर्वाचन बहिस्कार गर्नेसम्मको चेतावनी ।

४. वैकल्पिक राजनीतिको वकालत गर्दै आएका रवीन्द्र मिश्र राप्रपामा प्रवेश, आफूलाई तराजु छोडेर हलो रोज्न कुनै लाज नभएको जिकिर, पार्टीभित्र बखेडा नझिक्ने प्रतिवद्धता ।

५. कानुन निर्माणका क्रममा आफूले पनि गल्ती गरेको सभामुख अग्निप्रसाद सापकोटाद्वारा स्वीकार, गुणस्तरीय कानुन निर्माण गर्ने कुरालाई गहिरोगरी आत्मसाथ गर्न नसकेको स्पष्टोक्ती ।

६. समानुपातिकको बन्दसूचीले नेपाली कांग्रेस, एमालेसहित सबै राजनीतिक दलमा असन्तुष्टी, समानुपातिकमा शीर्ष नेताका आफन्त र पहुँचवाला व्यक्तिलाई छानीछानी अवसर दिइएको आरोप ।

७. देशभर निर्वाचन क्षेत्रमा गएर उम्मेदवारी घोषणा गर्न नेताहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आह्वान, मतदाताले विश्वासिलो विकल्प खोजिरहेको भन्दै राप्रपा पहिलो शक्ति बन्ने दाबी ।

८. जनताका पक्षमा जसले राम्रो काम गर्छ उसलाई समर्थन गर्नुपर्ने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य नहुने जिकिर ।

९. आजबाट दसैँका लागि खसी, बोका र च्याङ्ग्रा सहुलियत रुपमा बिक्री वितरण सुरु, प्रतिकेजी १० रुपैयाँ छुट, जिउँदो खसी र बोका ६ सय ७० तथा च्यांग्रा प्रतिकेजी १ हजार २ सय ५० पर्ने ।

१०. पछिल्ला दिनहरुमा कोरोना सक्रमितको संख्यामा कमि आउँदै, वितेको २४ घण्टामा १ जनाको मृत्युसहित ३८ नयाँ संक्रमित, १ हजार १ सय २२ जनामा मात्रै सक्रिय संक्रमित ।

११. दसैँका बेला पनि सेयर बजारमा देखिएन रौनक, बुधवार एकल अंकको सामान्य वृद्धि, परिसूचक ६ दशमलव ४१ अंकले वृद्धि हुँदा १ हजार ८ सय ३७ बिन्दुमा रोकियो बजार ।

१२. साउदी अरेबियाको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त, उपप्रधान र रक्षामन्त्रीसमेत भएका सलमान साउदीको भावी राजा बन्ने दौडमा ।

१३. बुर्किनाफासोमा भएको एक आक्रमणमा परी ११ सैनिकको मृत्यु, विद्रोहीहरुको आक्रमणमा परी २० सैनिकसहित २८ जना घाइते, कम्तिमा ५० जना सर्वसाधारण बेपत्ता ।

१४. अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सम्पन्न, नवनिर्वाचित कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चयन ।

१५. आईसीसीले जारी गरेको टी–ट्वान्टी नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका दीपेन्द्र सिंह ऐरीको वरीयतामा सुधार, ब्याटिङतर्फ दीपेन्द्र ५९ औं स्थानमा कायम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?