गल्फ लुब्रिकेन्ट्सले दसैँमा यात्रुहरूलाई लक्षित गरी ‘फ्रि–चेकअप क्याम्प’ सञ्चालन गर्दै

लोकपथ
52
Shares

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैँमा आ–आफ्नो घरमा जाने यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधन ‘फ्रि–चेकअप क्याम्प’ आयोजना गर्दै छ ।

सो क्याम्प असोज १३ देखि १५ गतेसम्म आयोजना हुनेछ । कम्पनीका अनुसार, “नेपालीको महान चाड दसैँको अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं । सो यात्रा आरामदायी बनाउन हामीले महत्त्वपूर्ण ठाउँहरु पहिचानगरी, त्यहाँ ‘फ्रि–चेकअप क्याम्प’ आयोजना गर्दै छौ ।”

मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा चम्प स्थापना गरिएको छ । सो चम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा प्रतिशतसम्म छुट पनि दिनेछ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?