२१ मङ्सिर २०७९, बुधबार

लक्ष्मी बैंकको १ सय ४३ औँ शाखा बागलुङको गल्कोटमा

२०७९,आश्विन,१२,बुधबार १८:५६

18
Shares

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १ सय ४३ औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा नम्बर ३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १ सय ४३ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ७७ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १८:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सानिमा बैंकले बुधवार विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा केन्द्रीय

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कम्पनीका नायब

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराईज फोकस्ड इक्विटी फण्डलाई स्वीकृती प्रदान दिएको छ । सनराईज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा

काठमाडौं । धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव

ताजा समाचार