उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
390
Shares
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।

बैठक बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दा एमालेले बैठक बोलाएको हो ।

बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुंगोमा पुग्ने एमाले तयारी छ ।

त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?