बलात्कार आरोपमा भक्तपुरबाट एक जना पक्राउ

लोकपथ
13
Shares

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ ।

बैतडी सिगास गाँउपालिका–५ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दलालाई बलात्कार आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।आफ्नै घरमा काम गर्ने १९ वर्षीया युवतीमाथि बलात्कार गरेको कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको उनले जनाए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?