२१ मङ्सिर २०७९, बुधबार

निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरीलाई गृहसचिव सिंहको निर्देशन

२०७९,आश्विन,१२,बुधबार १७:४३

72
Shares

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुको बुधवार निरीक्षण गर्दै उनले यस्तो दिर्नेशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीका बारेमा जानकारी लिएका थिए ।

सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतसाधनको बाबजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरूको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको उनले बताए ।

सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए ।

सो क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आमनागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहेको बताए ।

उनले आगामी निर्वाचन पनि भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सम्पूर्ण तयारी गरिएको बताए । जुन सुकै परिस्थितिमा पनि आमनागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा

सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर

मुगु । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा

भैरहवा । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको

ताजा समाचार