२१ मङ्सिर २०७९, बुधबार

देशभर डेंगुका २ हजार २६ बिरामी थपिए, चार जनाको मृत्यु

२०७९,आश्विन,१२,बुधबार १७:३८

54
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ ।

बितेको २४ घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् ।

यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेश प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदुरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १७:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

ताजा समाचार