ख्वप फुटसल टुर्नामेन्ट सुरू

लोकपथ
78
Shares

भक्तपुर । ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले गरेका हुन्।

सूर्यविनायकस्थित हेल्दी फुटसल इट्बुमा जारी प्रतियोगिता भोलिसम्म चल्नेछ । उद्घाटनका कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले खेलकुद मनोरञ्जनको लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि हुनुपर्नेमा जोड दिए ।

विद्यार्थीले पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्ने उनको भनाइ थियो । खेलमा हार जित स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?