२१ मङ्सिर २०७९, बुधबार

हवाइमार्गले जोडेको गन्तव्य, तर उडान भर्ने जहाज छैनन्

२०७९,आश्विन,१२,बुधबार १६:१७

72
Shares

सुर्खेत । सडक पहुँच नभएको हुम्लादेखि हिमाली जिल्लाहरूमा हवाइमार्गले नै जोड्दै आएको छ । हवाइमार्ग भारी रकम भुक्तान गरेर पनि जान र आउन फलामको चिउरा चपाएझैँ हुँदै आएको छ ।

सडक यातायातको सहज पहुँच नभएको डोल्पामा जाने र आउने अधिकांश यात्रुहरूले हवाइ सोव नै प्रयोग गर्दै आएका छन् । कर्णालीमा हवाइ यात्रा विदेशी मुलुकमा जाने रकमभन्दा बढी कायम हुँदै आएको छ । जुम्ला, मुगु र हुम्लामा समेत हवाई यातायातको उस्तै समस्या छ ।

कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाइ जहाजहरुले पूर्वतिर उडान भरेपछि यता समस्या परेको हो । डोल्पाा ठूलिभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाइ जहाज उडान भर्नका लागि पर्यटनमन्त्रीले ध्यान दिनुपर्ने सामाजिक सञ्जालमा पीडा पोखेकी छन् ।

लामो समयपछि नेपाल वायुसेवा निगमको जहाजले डोल्पामा बुधबार एक पटक मात्र उडान भर्न लागेको छ । डोल्पा उडान भरेर काठमाडौँ उडान गर्ने तयारी रहेको छ ।  कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ ।

कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैंतिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएको छ । नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ ।

जुम्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ । हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् ।

जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट बञ्चित भएका हुन् । हप्ता दिनअघि मात्र जुम्लास्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न माग गरिएको बताए ।

भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको स्पार्क ‘एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना

बझाङ । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको

रसुवा । हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

कालिकोट । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य

ताजा समाचार