१९ मङ्सिर २०७९, सोमवार

शिविरमार्फत् ४८३ अशक्त लाभग्राहीले पाए सामाजिक सुरक्षाभत्ता

२०७९,आश्विन,१२,बुधबार १५:५२

45
Shares

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नेपाल एसबीआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफैँ हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको

हो ।

दसैँतिहारलाई लक्षित गर्दै गत ४ असोजदेखि साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिविर ११ असोजसम्म साकेला गाउँपालिका–३ खिदिमा पुगेर टुंगिएको छ । पालिकाका सबै वडा–वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिविरबाट सामाजिक सुरक्षाभत्ताबापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।

साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, असोज ५ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, असोज ६ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ लाभग्राहीलाई १० लाख २५ हजार भत्ता वितरण गरिएको छ ।

यस्तै, असोज ७ गते साकेला गाउँपालिका–२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीलाई १४ लाख ९२ हजार, असोज ९ गते साकेला गाउँपालिका–४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते खिदिमामा सञ्चालन गरिएको शिविरमार्फत ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार रकम भुक्तानी गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बूले बताए । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् ।

विभिन्न प्रकारका १ हजार ३१५ लाभग्राही रहेको गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख ६ हजार ३३० रुपैयाँ भत्ता निकासा भएको थियो । सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबीआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ ।

तर, वृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । गाउँपालिका र बैंकबीच वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल

काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग गरिएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६