१८ मङ्सिर २०७९, आईतवार

रुपेश र दीपेन्द्र सदस्यमा विजयी, एन्फा कार्यसमितिले पायो पूर्णता

२०७९,आश्विन,१२,बुधबार १५:३७

54
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बुधवार त्रिपुरेश्वरमा भएको विशेष साधारण सभाबाट उनीहरु निर्वाचन भएका हुन् ।

यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

विशेष साधारण सभाबाट सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका हुन् । विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षहरू दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टीका लामा, अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आइतवार भएको पहिलो खेलमा फ्रान्सले पोल्याण्डलाई हराएको छ । जितसँगै फ्रान्स विश्वकप

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा

काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डसँगकाे खेलमा खराब ब्याटिङ गरेकाे छ ।

काठमाडाैं । फिफा विश्वकप २०२२ को नकआउट राउण्ड शुरु भएको छ । आज दुई खेलहरु हुनेछन् । पहिलो खेल फ्रान्स

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६