पोखरेलको दाबी : ‘मंसिर ४ गते एमाले आउँछ, सूर्य चिन्ह आउँछ–आउँछ’

लोकपथ
52
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा पार्टीले समर्थन गर्ने बताएका छन् ।

काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा एमाले उभिने बताए।

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने– ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन् । एउटा दल खराब भए फेरी अर्को दल आउँछ ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए। ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन् । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामथ्र्य हाम्रो हुनुपर्छ ।’

जनताको भावना अनुसारकाम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे।

आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए । ‘मंसिर ४ गते एमाले आउँछ । सूर्य चिन्ह आउँछ–आउँछ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?