राप्रपाको वरिष्ठ उपाध्यक्ष बने रविन्द्र मिश्र

लोकपथ
63
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरे । पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गरेका हुन् । राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?