रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’ र राप्रपाबीच एकता

लोकपथ
28
Shares

काठमाडौं । विवेकशील साझा पार्टी पूर्व संयोजक रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधवार काठमाडौंको राष्ट्रियसभा गृहमा भएको एकता घोषणा समारोहमार्फत् उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

एकता घोषणा समारोहमार्फत् रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’ राप्रमामा समाहित भएकाे छ । विवेकशील साझाका केन्द्रीय समिति रहेका नेताहरु मिश्रसँगै राप्रपा प्रवेश गरेका छन् । उनीहरुले यसअघि विवेकशील साझा पार्टीबाट राजीनामा दिएका थिए ।

विवेकशील साझाका केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र, माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत राप्रपामा प्रवेश गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?