उत्तमको गीतमा नाचे आकाश र कविता (भिडियो)

काठमाडौं, २७ असोज – दशैंको अवसर पारेर संगीतकर्मीहरुले नयाँ गीत सार्वजनिक गरिरहेका छन् । उत्तम थापा मगर एडीले पनि त्यही दशैँको माहोल समात्दै नयाँ गीत पस्किएका छन् ।

‘मीठो मीठो’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको गीतमा उत्तम थापा मगरको स्वर, चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीको संगीत छ भने उनले स्वर पनि दिएका छन् । यस्तै गीतमा मेलिना राईले पनि साथ दिएकी छिन् ।

डा. राजबाबु श्रेष्ठले लेखेका गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । खड्काले यसअघि केही म्युजिक भिडियो र फिल्म ‘फाटेको जुत्ता’ पनि निर्देशन गरेका थिए । भिडियोको

सम्पादनमा प्रविण श्रेष्ठ रहेका छन् भने आकाश श्रेष्ठ र कविता नेपाली नाचेका छन् । केही हप्ताअघि आकाश अभिनित रामकहानी प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?