नेपाल आईपुगिन् अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो

लोकपथ
63
Shares

काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल भ्रमणमा आएकी छन् । बुधवार बिहान काठमाडौं आइपुगेकी ट्रुडो १२ दिनसम्म एसियाली मुलुकहरूमा रहनेछिन् ।

नेपालपछि ट्रुडो यूएई, उज्वेकिस्तान र रिपब्लिकको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागि हुनेछिन् ।

अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?