खेलकुद मन्त्री गहतराजले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

लोकपथ
143
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलवार भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीह्रुलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

सामाजिक संजालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । मंगलवार बेलुका नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिएका थिए ।

बिजयी सेलिब्रेशन गरिरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातएका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए । प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाएका थिए । मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?