१९ मङ्सिर २०७९, सोमवार

पप स्टार साकिरालाई मुद्दा चलाउन अदालतकाे अनुमति

२०७९,आश्विन,१२,बुधबार ११:०४

81
Shares

काठमाडौं । कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।

स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।

अभियोजकले साकिरालाई दोषी ठहर्‍याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ । साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छन् ।

उनले मुद्धाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेकी छन् । ‘उनले सबै कर बुझाएकी छन् । उनीमाथि जुन बाँकी हो, त्यो ३ मिलियन यूरो व्याज मात्र हो’, उनको जनसम्पर्क अधिकृतले भनेका छन् ।

बार्सिलोनाको एस्प्लग्यूज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको ५ मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिति पनि तोकेको छैन ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार ११:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा

काठमाडौं । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको

काठमाडौं । भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६