राष्ट्रिय खेलकुदका लागि ९ हजारको बीमा

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा हुने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलवार सम्झौता भएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन् ।

बीमाको अवधि १ महिना रहेका छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?