२१ मङ्सिर २०७९, बुधबार

चिनियाँ सहर सेन्जेनमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

२०७९,आश्विन,१२,बुधबार १०:२५

225
Shares

काठमाडौं । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् ।

दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१२,बुधबार १०:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जर्मनीमा सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको भन्दै २५ जनालाई पक्राउ गरिएको छ । जर्मन प्रहरीले देशका विभिन्न ठाउँबाट उनीहरुलाई पक्रेको

काठमाडौं । अर्जेन्टीनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९

काठमाडौं । विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना

ताजा समाचार