सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

लोकपथ
52
Shares

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । गएराति रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । घटनामा एक जना घाइते भएका छन् ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?