२१ मङ्सिर २०७९, बुधबार

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य, किलोमा ५० रुपैयाँसम्म सस्तो

२०७९,आश्विन,११,मंगलवार २०:३७

675
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । बुधबारदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो ।

खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताए । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ ।

च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् । छुट दिँदा खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्ने बताइएको छ । खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार २०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार