२१ मङ्सिर २०७९, बुधबार

विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन हो : सिएनआई अध्यक्ष अग्रवाल

२०७९,आश्विन,११,मंगलवार २०:१०

45
Shares

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघ (सिएनआई)को पर्यटन परिषद्ले नेपालको कला संस्कृतीलगायत नयाँ पर्यटकीय सम्भावनाहरु उजागर गर्ने विषयसँग सम्बन्धीत रहेर एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन पनि भएको बताए । विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवर्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको उन्नत विकासले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

नेपाल उद्योग परिसंघको उपाध्यक्षसमेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका बेलामा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरुलाई नयाँ गन्तव्यहरु खोज्न, नयाँ प्रोडक्ट, प्याकेजहरु ल्याउन उत्साह मिल्ने उनले बताए ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझावात्मक योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरे । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरुलाई उपलब्ध गराइनेछ । कार्यक्रममा पर्यटन व्यवसायसँग सम्बन्धीत संघ संस्था, नेपालस्थित राजदूत एवम् विकास साझेदार प्रतिनिधिहरु, उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा सुरुहुँदै गरेका चाडपर्वको शुभकामना आदनप्रदान पनि गरिएको थियो ।

समृद्ध मुलुक निर्माणका लागि पर्यटन पनि महत्वपूर्ण एवम् भरपर्दो आधार भएकाले यसको विकास एवम् विस्तारमा नेपालको निजी क्षेत्रले थप योगदान गर्ने विश्वासका साथ यस अवसरमा सिएनआइले शुभकामना पनि व्यक्त गरेको हो ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार २०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङसहित आयोजना गरेको स्पार्क ‘एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २ सय जना

बझाङ । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको

रसुवा । हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

कालिकोट । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य

ताजा समाचार