आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)

लोकपथ
91
Shares

१ निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबै पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह ।

२. नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गर्ने, राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामा गम्भीर प्रहार भएको आरोप ।

३. सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई उपलब्ध गरायो क्षतिपूर्ति, वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा ४८ करोड क्षतिपूर्ति दिइयो ।

४. यसपटकको निर्वाचन लडाईको रुपमा अगाडि रहेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ, ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने जिकिर ।

५. नेपालमा डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, देशभर २४ हजार ५ सय ४३ जनामा संक्रमण पुष्टि, संक्रमितमध्ये सवै भन्दा धेरै वागमती प्रदेशमा ।

६ सरकारी स्रोतबाट पूर्व(पश्चिम रेलमार्ग बनाउन नसकिने यातायात मन्त्रालयको निष्कर्ष, अहिलेकै अवस्थामा पानी जहाज पनि चलाउन नसकिने यातायातमन्त्री मोहम्मद इस्तियाक राईको भनाइ ।

७. काठमाडौं महानगरपालिकाको दसैँ लक्षित बजार अनुगमन सुरु, उपमेयर डंगोलसहितको टोली बजारमा, जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानुनअनुसार कारबाही गर्ने उपमेयर डंगोलको चेतावनी ।

८.मनास्लु बेस क्याम्पमा सोमबार गएको हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु, कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा ९ जनाको उद्धार, पुरिएका अन्य व्यक्तिहरूको खोजीकार्य जारी ।

९.हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध, सेवा अवरुद्ध हुँदा जनताको गुनासो, टावरमा आएको खराबीको मर्मत कहिलेसम्म हुन्छ भनने छैन टुङ्गो ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १ हजार ७२९ परीक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, ७६ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या एक हजार १४४ मा ओर्लियो ।

११. मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक १५.९२ अंकले बढ्दा कारोबार रकम ६६ करोड मात्रै ।

१२. जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए, प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दाबढी प्रहरी परिचालन, अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरेको आरोप ।

१३. बंगलादेशको एक नदीमा १०० जना हिन्दु तीर्थयात्रीहरू बोकेको डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुर्घटनामा अझै केही वेपत्ता, गोताखोरहरूद्वारा शवहरूको खोजीकार्य जारी ।

१४. गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने, असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने ।

१५. साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै, राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?