अञ्जन बिष्ट चम्किँदा बंगलादेशविरुद्ध नेपालकाे सहज जित

लोकपथ
676
Shares

काठमाडौं । नेपाल र बंगलादेशबीच भएकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपाल ३-१ ले विजयी भएकाे हाे ।

खेलमा अञ्जन विष्टले खेलको पहिलो हाफमा ह्याट्रिक गरेका थिए । नेपालका लागि अञ्जन बिष्टले खेलको १७औँ मिनेटमा पहिलो, २७औँ मिनेटमा दोस्रो र ३८औँ मिनेटमा तेस्रो गोल गरेका हुन् । बंगलादेशले भने दाेस्राे हाफमा एक गाेल मात्र फर्काउन सक्याे ।

नेपाल र बंगलादेशबीचको यो २४ औँ खेल हो भने फिफाले मान्यता दिएको पहिलो मैत्रीपूर्ण खेल हो ।

बंगलादेश नेपालको तुलनामा हालसम्म बलियो मानिदैँ आएको थियाे । पछिल्ला खेलहरुलाई हेर्दा कुल भएका २३ खेलमा बंगलादेशले १३ खेल आफ्नो पक्षमा पारेको छ । त्यस्तै, नेपालले ७ खेलमा जित हात पार्दा ३ खेल भने बराबरीमा सकिएका थिए ।

किरन चेम्जोङको कप्तानीमा मैदानमा उत्रेको टोलीले घरेलु मैदानमा बंगलादेशविरुद्ध जित निकाल्दै हेड टु हेडको दुरी पनि घटाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?