२१ मङ्सिर २०७९, बुधबार

मस्तिष्क पक्षघात पुनर्स्थापना विषयमा अन्तर्राष्ट्रिय प्रशिक्षण सुरु

२०७९,आश्विन,११,मंगलवार १९:०९

36
Shares

काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले मंगलवार काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षक सहित मस्तिष्क पक्षघातपछिको पुनर्स्थापना विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

नेदरल्याण्डका डाक्टर हान फ्र्याङ्क र डाक्टर पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डाक्टर बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियो थेरापीष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताएका छन् ।

त्यस्तै, कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकि फिजियोथेरापी विभाग प्रमुख डाक्टर मञ्जु ज्ञवालीले नेदरल्याण्डबाट प्रशिक्षणका लागि नेपाल आएका डाक्टर फ्र्याङ्क र डोबेलस्टेइजनलाई धन्यवाद ज्ञापन गरेका छन् । वरिष्ठ न्यूरालोजिष्ट डाक्टर लेखजंग थापा र न्यूरो फिजीयोथेरापी विज्ञ गोविन्द मनी नेपालको समेत उपस्थिती रहेको कार्यक्रम बुधवारसम्म जारी रहनेछ ।

मस्तिष्क पक्षघातपछिको पुर्नस्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सिइयु बराबरको क्रेडिट प्राप्त गर्नेछन् । मस्तिष्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरि कुमको दुखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्ने छन् । यस प्रशिक्षणले व्यवहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पुर्‍याउन  सक्ने अपेक्षा प्रशिक्षकहरुको रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार १९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार