२१ मङ्सिर २०७९, बुधबार

लागूऔषधसहित धनगढीबाट तीन जना पक्राउ

२०७९,आश्विन,११,मंगलवार १८:३७

45
Shares

धनगढी । लागूऔषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई सोमबार साँझ सडकबाटै अवैध लागूऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन् । उनीहरूको साथबाट ७ सय ५० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार १८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरु केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माणको अभ्यासमा जुटेका छन्

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

ताजा समाचार