१८ चैत्र २०७९, शनिवार

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

२०७४,आश्विन,३१,मंगलवार १५:१७

9
Shares

काठमाडौँ, ३१ असोज – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ । अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज अनामनगरमा आयोजना गरेको शोक सभामा महासंघका पूर्वअध्यक्ष जीपछिरिङ लामाले गौचनको हत्यारालाई कानूनी कठघरामा उभ्याए मात्र गौचनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । “हत्या भएको नवौँ दिनसम्म पनि हत्यारा पक्राउ हुन नसक्नु दुःखद् कुरा हो”– उनले भने । महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचनको हत्यारा पक्राउ नपरेसम्म व्यवसायीको आन्दोलन नरोकिने बताउँदै गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा व्यक्त गरे । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले गौचनको हत्या सिंगो नेपाली निजी क्षेत्रमाथिको बर्बर हमला भएको टिप्पणी गरे । शोक सभामा विभिन्न व्यवसायमा आबद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८