नेपाल भर्सेस बंगलादेश : बलियो प्रतिद्वन्दीविरुद्ध घरेलु मैदानले जगाएको आश

लोकपथ
39
Shares

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल जारी छ । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै देश जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् ।

नेपाल र बंगलादेशबीचको यो २४ औँ खेल हो भने फिफाले मान्यता दिएको पहिलो मैत्रीपूर्ण खेल हो । फिफाको मान्यता पाएको पहिलो मैत्रीपूर्ण खेल भएकै कारण पनि दुवै टोलीले खेल आफ्नो पक्षमा पार्न सक्दो प्रयास गर्ने आंकलन सहजै गर्न सकिन्छ । त्यसैले खेल प्रतिस्पर्धात्मक र रोचक हुने एन्फाले जनाएको छ ।

बंगलादेश नेपालको तुलनामा हालसम्म बलियो मानिदैँ आएको छ । पछिल्ला खेलहरुलाई हेर्दा कुल भएका २३ खेलमा बंगलादेशले १३ खेल आफ्नो पक्षमा पारेको छ । त्यस्तै, नेपालले ७ खेलमा जित हात पार्दा ३ खेल भने बराबरीमा सकिएका छन् । आजको खेल हेर्न एन्फाले साधारण तर्फ ५ सय तथा भिआईपीतफ एक हजार रुपैयाँ टिकट दर कायम गरेको छ ।

किरन चेम्जोङको कप्तानीमा मैदानमा उत्रेको टोलीले घरेलु मैदानमा बंगलादेश विरुद्ध जित निकाल्दै हेड टु हेडको दुरी घटाउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?