२१ मङ्सिर २०७९, बुधबार

केराको बीमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

२०७९,आश्विन,११,मंगलवार १७:३६

45
Shares

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् ।

बीमा बापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका हुन् । पटकपटक माग गर्दा पनि केराको बीमा रकम नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको दुखोसो छ ।

उनीहरुले दुई दिनभित्रमा रकम प्राप्त नभए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पटकपटक माग गर्दा पनि बीमा कम्पनीले पाउनुपर्ने रकम दिएको छैन अब दशै मनाउने पैसा समेत किसानसंग छैन, समयमै केराको बीमाको रकम नपाए बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको केरा किसानको अवस्था भएको किसान साधुराम खरेलले बताए ।

उनले दुई दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने बताए । यस्तै, बीमा रकम माग गर्दै संघका अध्यक्ष एकबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निजगढका किसानहरुको अर्को टोली काठमाडौँ पुगेको छ । टोलीले आइतवार कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरेर किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।

तत्कालीन हिमालयन इन्स्योरेन्स कम्पनी हाल हिमाल एभरेष्ट इन्स्योरेन्समार्फत निजगढका किसानले केरा खेतीको बीमा गरेका थिए । निजगढका किसानहरुले कम्पनीसँग बीमाबापतको करिब ६ करोड रुपैया भुक्तानी लिन बाँकी छ । सम्झौताअनुसार बीमा कम्पनीले प्रतिकठ्ठा केराको क्षतिमा किसानलाई १४ हजारदेखि १५ हजार रुपैयासम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।

गत वैशाखको दोस्रो हप्ता आएको हुरीले क्षति गरेपछि किसानहरुले सबै प्रक्रिया पूरा गरेर सोही समयमा बिमा रकम दाबी गरेका हुन् । गत वैशाख १६ गते वर्षासँगै आएको हुरीले ५ करोडभन्दा बढी मूल्य बराबरको केरा खेती नष्ट गरेको थियो ।

स्थानीय किसानका निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन् ।

केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार १७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सानिमा बैंकले बुधवार विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा केन्द्रीय

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कम्पनीका नायब

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराईज फोकस्ड इक्विटी फण्डलाई स्वीकृती प्रदान दिएको छ । सनराईज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला

ताजा समाचार