२१ मङ्सिर २०७९, बुधबार

राज्यले दिने मासिक स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने

२०७९,आश्विन,११,मंगलवार १७:०१

27
Shares

तेह्रथुम । नेपाल सरकारले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रक्रिया पूरा गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।

गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । ‘हामीले गाउँपालिकामा रहेका दीर्घरोगीहरूलाई सहयोग मात्रै गरेका छैनौं, स्वास्थ्य बिमासमेत निःशुल्क गर्दै आएका छौँ । गाउँपालिकामा रहेका नागरिकहरूलाई सरकार आफूसँग भएको अनुभूति दिलाउने उद्देश्यका साथ हामीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने ।

गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरणका आएको छ । गाउँपालिकाको तथ्याङ्क अनुसार दीर्घरोगीलाई करिब २५ लाख रुपैयाँ वार्षिक सहयोग गरेको जनाएको छ ।

गाउँपालिकामा रहेका नागरिकहरूलाई स्वास्थ्य सेवा दिन विभिन्न वडामा स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना गरेको छ । आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका नागरिकलाई गाउँपालिकाले ल्याएको कार्यक्रमले राहत पाएको बताउँछन् । गाउँको केन्द्रमा स्वास्थ्य इकाइ स्थापनाले घन्टौं लामो बाटो हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता हटेको छ थर–२ की सुकमाया लिम्बूले बताइन् ।

‘गाउँमा औषधि नहुँदा सामान्य झापापखाला लाग्दासमेत बोकेर स्वास्थ्यचौकी जानुपर्थ्यो तरअहिले गाउँमै स्वास्थ्य केन्द्र छ हामीलाई सुविधा भएको छ,’ लिम्बूले भनिन् । गाउँगाउँमा सवारीसाधन नपुग्दा यहाँका नागरिकले कि घन्टौं हिँडेर कि बोकेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरु केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माणको अभ्यासमा जुटेका छन्

बुटवल । बुटवलमा रहेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्निचर लगायत सचिवालयका सामानहरु आज रातारात दाङ सारिएको हाे ।

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले प्रदेश नम्बर १ मा प्रवाह गरेको कुल कर्जा मध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा

ताजा समाचार