सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोलमा साधारण सभा भएको हो ।

सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड एक आपसमा गाभ्नेसम्बन्धी निर्णय गरिएको छ । त्यस्तै, कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साधारण संस्थाका अध्यक्ष लामिछानेले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?