२१ मङ्सिर २०७९, बुधबार

पार्टीलाई जिताउन गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन

२०७९,आश्विन,११,मंगलवार १६:४७

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए ।

‘आ–आफ्नो गृह जिल्ला पुगी बडादसैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ ।

पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुनुहुन निर्देशन गरेको छ,’ उनले भने ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

ताजा समाचार