कोरोना अपडेट : ५४ जनामा संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ८ सय २९ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट ४२ र एन्टीजेन विधिबाट १२ जना गरि ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले पनि ज्यान गुमाएको छैन् । त्यस्तै, तथ्यांकमा पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाउनेको संख्या पनि प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा ७६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?