नेप्सेमा १५ अंकको वृद्धि

लोकपथ
52
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलवार १५ अंकले वृद्धि भएको छ । तर, सेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १ हजार ८३१.०५ अंकमा उक्लिएको छ ।

६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । मंगलवार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?