नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

लोकपथ
26
Shares

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलवार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेको कोषले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?