अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ परेको गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । नागढुङ्गामा प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पदमपुरबाट ८० मिलीग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतसमेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित सडकबाट ७ सय ५० ग्राम चरेशसहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरसहित २ जनालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनुषाको सबैला नगरपालिका–१० गेरुवाही नहरस्थित सडकबाट करिब १५ किलोग्राम भाङसहित धनौजी गाउँपालिका–२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ फेला परेको थियो ।

पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागुऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेटसहित एक जनलााई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भई वीरगन्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जना छन् । उनीहरुलाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई–रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?