पोखरा विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत

लोकपथ
91
Shares
kf]v/f,!! c;f]hM k|b]zsf ;+:s[lt dGqL >]i7åf/f ko{6ssf] :jfut lqrfnL;f}F ljZj ko{6g lbj;sf cj;/df dªunaf/ kf]v/f ljdfg:yndf klxnf] p8fgaf6 cfOk’u]sf ko{6snfO{ :jfut ub}{ lzIff, ;+:s[lt tyf ;fdflhs ljsf;dGqL d]vnfn >]i7 . tl:a/M /flwsf sF8]n÷/f;;

काठमाडौं । ४३ औँ पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलवार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख कासीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरेका थिए । उक्त अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक सम्बद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवद्र्धनको बारेमा छलफल गर्ने बताए ।

उनीहरुलाई प्रमाणपत्र प्रादन गरेर र खादा लगाइदिएर मन्त्री श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष श्रेष्ठले उनीहरु तीन जनासहित पहिलो उडानमार्फत पोखरा भित्रने पर्यटकका लागि विभिन्न प्याकेजमा छुटको व्यवस्था गरिएको जानकारी दिए ।

पर्यटन दिवसको अवसर पारेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन, अन्तरक्रियासँगै पोखराको राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कमा बसमा यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरीएको छ । यसका साथै पोखरा स्थिति विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाउँदैछन् नयाँ विमानस्थल छिटो सञ्चालनमा ल्याउनसमेत माग गरेका छन् । साँझ पोखराको लेकसाइडमा मिनि सडक महोत्सवको आयोजना गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?