भक्तपुरमा भोलिदेखि ख्वप फुटसल टुर्नामेन्ट हुने

लोकपथ
78
Shares

भक्तपुर । भक्तपुरमा ख्वप कलेज फुटसल टुर्नामेन्ट २०७९ हुने भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा बुधवारदेखि हुन लागेको टुर्नामेन्ट दुई दिन चल्नेछ ।

प्रतियोगितामा उत्कृष्ट टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । प्रतियोगिता अन्तर्गत छात्र र छात्रा गरी दुई समूहमा हुनेछन् ।

पहिलो दिन छात्रतर्फ आठवटा र छात्रातर्फ चारवटा खेल हुनेछन् । प्रतियोगितामा कजेको विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशाश्त्र संकायमा स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी हुने जनाइएको छ ।

प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबु सूर्यविनायकमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?